कांग्रेसमा जुहारी : विद्राेह गर्ने थापाकाे मुड, देउवा भन्छन्, “बिरोध गरेर पार्टी ठूलो बन्दैन”

बुटवल । नेपाली कांग्रेसभित्र जुहारी नै सुरू भएकाे छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले महामन्त्री गगन थापाप्रति लक्षित गर्दै यस्ताे बताएका हुन्।

उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने बताए । उनले आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै  उनले भने “अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन ।”

यता महामन्त्री गगन कुमार थापा भने सभापति शेर बहादुर देउवा बिरूद्द संर्घष गर्ने मुडमा देखिन्छन् । महामन्त्री थापाले सावर्जनी कार्यक्रममै सभापति देउवाकाे विराेध गर्दै आएका छन् ।  जेष्ठ १९ गते प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा थापाले सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई अब नसहने थापाले चेतावनी दिएका थिए । सभापतिका कारणले कांग्रेसका विषयमा प्रश्न उठ्ने अवस्था बनेको थापाको जिकिर थियाे । उनले भनेका थिए, ‘टुल टुल हेरेर बसिन्न् । कांग्रेस बदलिन्छ । संघर्ष गर्ने हो ।’

यस्तै एक कार्यक्रममा बाेल्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको भन्दै असन्तुष्टि पाेखेका छन् । उनले भने “मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ। अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरू पार्टीको चुनौती सामना गर्नु पर्नेछैन। लामो इतिहास भएको पार्टी हो। काँग्रेस पार्टीको जस्तो विचारधारा अरू कुन पार्टीको छ र ? आफूले गर्नुपर्ने काम सबैले गरौँ ।”

पछिल्ला केही निर्णयहरूका कारण कांग्रेस पार्टीभित्र विवादित भएका कुरा सतहमै आएका हुन् ।  नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी, नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया, प्रदेशमा मन्त्रालय टुक्राउनु, सांसद विकास कोषको व्युँताउने कार्य गलत भएको र यि सबैकाम पार्टी सभापतिको बलमा सरकारले गरेकाे भन्दै कांग्रेसभित्र जुहारी चलेकाे छ ।

याे पनि

काँग्रेस विधि र नियममा चल्न सकेन : प्रकाशमान सिंह
पार्टीभित्र सुधार चाहने र सुधार नचाहने गुट छन् : महामन्त्री थापा

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?