एजेन्सी । सोमालियामा आतंकवादी समूह अल शबाबको आक्रमणमा अफ्रिकी युनियनका ५४ शान्ति सैनिक मारिएका छन्।
युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले शान्ति सेनाका रुपमा कार्यरत आफ्नो देशका ५४ सैनिक अल शबाबको आक्रमणमा मारिएको घोषणा गरे। सोमालियाको राजधानी मोदादिसुबाट १ सय ३० किलोमिटर दक्षिणपश्चिमा रहेको बुलामारेरमा कार्यरत युगाण्डाको शान्ति सैनिकमाथि आक्रमण भएको उनले बताएका छन्।



अल शबाब समूहले गत हप्ता गरेको बम हमलामा कम्तीमा १ सय ३७ सैनिक मारिएको दाबी गरेको थियो । साथै युगाण्डाका राष्ट्रपति मुसेवेनीले आफ्नो सैनिकले आतंककारीको नियन्त्रणमा पुगेको भूभाग फिर्ता ल्याउन सफल भएको समेत दाबी गरेका छन्।
अल शबाब समूह सोमालियाको पश्चिमा देश समर्थक सरकारविरुद्ध सन् २००६ देखि संघर्षरत छ। उसले आफूले कब्जा गरेका भूभागमा कडा इस्लामिक कानून लागू गर्दै आएको छ।
