समस्या समाधानतर्फ राज्य इमानदार नबनेको भन्दै हिस्टुनले सशक्त आन्दोलन गर्ने

काठमाडौं।
साविक उमावि (कक्षा ११/१२) तहमा कार्यरत शिक्षकहरूको पेसागत साझा संगठनका रुपमा रहेको माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(HISTUN) केन्द्रिय समितिको बैठक आज बसि पेसागत सुरक्षाका लागि आन्दोलन गर्नैपर्ने ठहर गरेको छ।

विगत लामो समयदेखि समयसमयमा आन्दोलन गर्ने र त्यसलाई शैक्षिक नेतृत्वसंग बसेर वार्ता गर्दै एउटा सहमति र सम्झौतामा आन्दोलनलाई रोक्दै आएका शिक्षकहरुले अब भने राज्यका त्यस्ता आश्वासन र सम्झौतालाई चित्त बुझाउन नसकिने भन्दै आन्दोलनको घोषणा गरेको हिस्टुनले स्पष्ट पारेको छ।

माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) राष्ट्रिय स्तरको ट्रेड युनियन अधिकार प्राप्त संघ भएको र संगठनले शिक्षकहरुको पेशागत स्थायित्व एवं न्यायोचित सेवा, शर्त र सुविधा प्राप्तिका लागि प्रधानमन्त्री, शिक्षा मन्त्री, कानुन मन्त्री, शिक्षा सचिव, विभागका महानिर्देशक, शिक्षक सेवा आयोगका अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षका साथै सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको साथै हुँदा सुनुवाइका लागि दबाब सिर्जना गर्न २०७९ भाद्र महिनामा र २०८० वैशाख १० गते र ११ गते सम्बन्धित निकायमा पुनः ध्यानाकर्षण बुझाउने, धर्ना दिने, प्लेकार्डसहित प्रदर्शन गर्ने, कालोपट्टी बाँधेर अध्यापन गराउने शान्तिपूर्ण आन्दोलन गरिएकोमा हाम्रा मागहरु सम्बोधन नभएकाले मिति २०८० असार ७ गते बसेको केन्दीय समितिको बैठकबाट निम्नानुसारका आन्दोलनका कार्यक्रम घोषणा भएको हिस्टुनका केन्द्रिय अध्यक्ष टीका न्यौपानेले जानकारी गराएका छन् :

आन्दोलनका कार्यक्रमहरु:

(१) विद्यार्थीहरुको परीक्षाप्रति संवेदनशील हुँदाहुँदै पनि उक्त तहमा कार्यरत शिक्षकहरुको पेशागत समस्या सम्बोधन नभएको अवस्थामा थप दवाव सृजना गर्न मिति २०८० असार १२ गतेदेखि १९ गतेसम्म हाल देशभर भइरहेको कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्य नगर्न र नगराउन राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरलाई आवश्यक सहयोगका लागि पत्राचार गर्ने । यदि उत्तरपुस्तिका परीक्षण कार्य स्थगित नगरेमा यसबाट उत्पन्न असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर र नेपाल सरकार हुने ।

२) विद्यालयको गुणस्तरीय शिक्षा एवम् विद्यालयमा शिक्षक व्यवस्थान सम्वन्धमा मिति २०८० असार १६ गते शनिवार पत्रकारहरु, मिडियाकर्मीहरु, विद्यार्थी संगठनका नेतृत्वहरु, सांसदहरु लगायत
सबैसँग अन्तरक्रियात्मक कार्यक्रम विजय स्मारक मा.वि. डिल्लीबजार, काठमाडौं को मल्टिमिडिया हलमा दिनको ठीक २:०० बजे गर्ने ।

३) मिति २०८० असार १७ गते शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरमा आफ्ना मागहरु राख्दै देशभरका शिक्षकहरुले प्लेकार्डसहित घेराउ गर्ने । साथै पुनः ध्यानाकर्षण पत्र बुझाउने ।

(४) मिति २०८० असार १८ गते माइतीघर मण्डलामा देशभरका शिक्षकहरुले प्लेकार्डसहित दिनको १ बजेदेखि ३ बजेसम्म प्रर्दशन गर्ने ।

५) नेपालको संविधान २०७२ ले निःशुल्क माध्यमिक शिक्षाको व्यवस्था गरेकोले देशभर सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा कुनै पनि शुल्क उठाउन तत्काल बन्द गरिनुपर्ने । सामुदायिक विद्यालयहरुमा कक्षा ११ र १२ मा यसै वर्षदेखि देशभरका विद्यार्थी एवम् अभिभावकहरुलाई मासिक रुपमा कुनै पनि शुल्क नतिर्न आव्हान गर्ने । साथै हिस्टुनले विद्यालयहरुलाई शुल्क नलिन दबाब सिर्जना गर्ने ।

६) साविक उ.मा.वि शिक्षकहरुको पेशागत सुरक्षा र स्थायित्व नभइरहेको अवस्थामा शिक्षक सेवा आयोगबाट भइरहेको विद्यालयको प्रा.वि., नि.मा.वि. र मा.वि. (कक्षा १० सम्म) शिक्षकहरुको पदपूर्ति विज्ञापनको विरुद्धमा तत्काल कानुनी उपचार खोज्ने ।

यी उल्लेखित कार्यक्रमहरु अगाडि बढाउदै जादासम्म पनि राज्य सम्बेदनशील नबनेमा २०८० असार १८ गते दिनको ठीक ४:०० बजे केन्द्रीय समितिको बैठक बसी दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने जानकारी महासचिव शंकर तिवारीले गराएका छन् ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (71%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (14%)
  • आक्रोशित (14%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?