काठमाडाैं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा छ वटा बाघहरू राखिएका छन् । महाराज, प्रताप, बगौरा र बाङ्गे नामका चार वटा भाले तथा महारानी र जगती नामका दुई पोथी बाघ चिडियाखानामा रहेका छन्।
शनिवारबाहेक अन्य दिन भाले बाघलाई ६ केजी र पाेथी बाघलाई ५ केजीका दरले राँगाको मासु खुवाउने गरिन्छ । हाल भने पाँच केजीका दरले खुवाउने गरिएको सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला बताउछन्।



अज अचम्मकाे कुरा त के भने ति बाघहरूलाई प्रत्येक शनिवार ‘फास्टिङ्ग’ अर्थात् उपवासमा राख्ने गरिएको छ ।
प्राकृतिक वासस्थानमा जस्तो चिडियाखानामा उनीहरूले आहार तथा वासस्थानका लागि सङ्घर्ष गर्नु नपर्ने कारण मोटाएर अस्वस्थ हुनसक्ने भएकोले बाघहरूलाई उपवासमा राखिएको सूचना अधिकारी कोइरालाकाे भनाइ छ ।–बीबीसीकाे सहयाेगमा
