बुटवल । बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजना घाइते भएका छन् ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएका हुन् । घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



