अर्घाखाँची । नयाँ सोच युवा समुहको आयोजनामा सुपादेउरालि मन्दिर परिसर तथा मन्दिर नजिकै रहेको झोलुङ्गे पुलमा जाने बाटो सरसफाइ गरीएको छ ।
अर्घाखाँची जिल्लामा अबस्थित देशकै चर्चित धार्मिक तथा पर्यटकीय स्थल सुपादेउरालि मन्दिर तथा वरपरका स्थानमा सरसफाइ गरी विभिन्न ठाँउमा जानकारीमूलक सन्देश सहितका बोर्ड तथा फोहोरका डस्टविन राखीएकाे हो ।



सुपादेउरा आएका भक्तजनहरु मन्दिर नजिकै रहेको झोलुङ्गे पुलमा जाने र रमाउने ठाँउ भएतापनि बाटोमा जथाभावी फोहोर भएको र त्यस तर्फ कसैले ध्यान नदिदा उक्त ठाँउ दुर्गन्धित बन्दै गएकोले सरसफाइ कार्यक्रम गरिएको क्लबका सहसचीव बिकास घिमिरेले जानकारि दिए ।
