पाकिस्तानमा आत्मघाती हमलामा परी ९ सैनिकको मृत्यु

एजेन्सी । पाकिस्तानको खेबर पख्तुनख्वा प्रान्तमा एक सैन्य केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ९ सैनिकको मृत्यु भएको छ।

बान्नु जिल्लाको जानी खेल क्षेत्रमा रहेको सैन्य केन्द्रमा एक आतंककारीले विस्फोटक पदार्थ भरिएको मोटरसाइकलबाट आत्मघाती आक्रमण गरेको अधिकारीहरुले जनाएका छन्।

घटनामा २० सैनिक घाइते भएका छन्। पाकिस्तानी प्रधानमन्त्री अन्वार उल हक काकरले सैन्य केन्द्रमा हृदयविदारक आक्रमण भएको ट्विटरमा उल्लेख गर्नुभएको छ।

यसैबीच जापानले आफ्नो रक्षा बजेटमा अपूर्व वृद्धि गरेको छ। दक्षिण र उत्तर कोरियाबीचको द्वन्द्व र चीनसँग बिग्रिँदो सम्बन्धलाई मध्यनजर गर्दै जापानले रक्षा बजेट बढाएको हो।

जापानले आगामी सन् २०२४ का लागि झण्डै ५३ अर्ब डलरको रक्षा बजेट प्रस्ताव गरेको छ। प्रधानमन्त्री फुमियो किशिदाको पाँच वर्षमा सैन्य खर्च ४३ खर्ब येनसम्म बढाउने योजनाअन्तर्गत यसपटक भारीमात्रामा वृद्ध गरिएको हो।

जापानले वायु रक्षा प्रणाली, मिसाइल तथा गोलाबारुद सहित हतियारका लागि ९ सय अर्ब येनको बजेट बनाएको अधिकारीहरुले जनाएका छन्।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?