नेपाल र भुटान भिड्दै

काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज भुटासँग खेल्दैछ।

नेपाल र भुटानको खेल नेपाली समय अनुसार सवा ७ बजे सुरु हुनेछ।  मलेसियाको युकेएम ओभलमा हुने खेलमा नेपाल अपराजित रहन चाहन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ रनले र दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो।

नेपालले भोलि कतार र बुधबार यूएईसँग खेल्नेछ। ११ टोली सम्मिलित प्रतियोतिमा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?