पूर्वी युक्रेनमा रुसको आक्रमण, १६ जनाको मृत्यु

एजेन्सी । पूर्वी युक्रेनको एक बजारमा रुसको आक्रमणमा परी १६ व्यक्तिको मृत्यु भएको छ।

रूसले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभको शहरमा आक्रमण गर्दा सामान खरिदका लागि बजार गएका सर्वसाधारण मारिएका हुन् । आक्रमणमा  एक बालकको समेत मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। युक्रेनको गृह मन्त्रालयका अनुसार आक्रमणमा परी २८ जना घाइते भएका छन् ।

डोनेट्स्कमा अनुमानित ७० हजार मानिसहरूको बसोबास छ। उक्त क्षेत्र युद्धमा अग्रपङ्क्तिमा रहेको एक शहर हो। कोस्ट्यानटाइनिभका फेब्रुअरी २०२२ मा रूसले आक्रमण शुरु गरेदेखि युद्धको केन्द्रविन्दु बनेको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?