वीरगञ्ज महानगरपालिका : घरमा लुकाएर राखेको ८ सय किलो काजु बरामद

पर्सा । भन्सार छली घरमा लुकाइ राखेको आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरंग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइराखेको सूचनाको आधारमा सशस्त्र प्रहरीले सोमबार छापा मारी काजु बरामद गरेको हो । भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले करिब सात लाख २० हजार रूपैयाँ बराबरको काजु बरामद गरेको हो ।

उक्त काजु आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?