विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेट पारित भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट ल्याएको छ ।
विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको शनिबार मुख्यमन्त्री राजेन्द्र राईसहित १२ जना मन्त्रीले जवाफ दिएका थिए । आइतबारको बैठकमा नेकपा एमालेले विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव दर्ता गरेको थियो । एमालेले दर्ता गरेको प्रस्ताव भने अस्वीकृत भएको छ ।