भिम विश्वकर्मा,
अर्घाखाँची । जिल्ला खेलकुद बिकास समिती अर्घाखाँचीका नबनियुक्त अध्यक्ष बिष्णु क्षेत्रीले पदभार ग्रहण गरेका छन ।
अध्यक्ष क्षेत्री सहित अन्य सदस्यहरुले आज बुधबार एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका हुन ।
पदभार ग्रहण गर्दै अध्यक्ष क्षेत्रीले जिल्लाको खेलकुदको बिकासको लागि अहोरात्र खट्ने बताए । उनले भने “आज सम्म जे भएको भपनि अब खेलकुदको बिकासको बिकल्प छैन ।”