शिन्जाे आबेकाे निधनमा नेपालले शनिवार राष्ट्रिय शाेक मनाउने

 

काठमाण्डाै । जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधनमा नेपाल सरकारले भाेलि शनिवार राष्ट्रिय शाेक मनाउने निर्णय गरेकाे छ ।

आज शुक्रवार बसेकाे मन्त्रिपरिषद् बैठकले आबेकाे निधनप्रति दुःख व्यक्त गर्दै शनिवार राष्ट्रिय शाेक मनाउने निर्णय गरेकाे हाे । आबेमाथि भएकाे गाेली प्रहारलाई नेपालले घाेर भर्त्सना पनि गरेकाे छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतले आबेकाे निधनप्रति दुःख व्यक्त गरेका थिए ।

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियाे ।  गाेली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका आबेकाे उपचारका क्रममा निधन भएकाे हाे ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (40%)
  • दुःखी (40%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (20%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?