काठमाडौं । श्रीलंका सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति हुने भएका छन् । पार्टीका नेताहरुको अनुरोध र श्रीलंकाका जनताको सुरक्षाका लागि राष्ट्रपति पद सम्हाल्न लागेको अभयरवर्द्धनाले बीबीसीसँग भनेका छन् ।
सभामुख अभयवर्द्धनाले राष्ट्रपति र प्रधानमन्त्रीले अब पद त्याग्नुपर्ने बताएका छन् । श्रीलंकाको संविधान अनुसार उनले अब केही दिनसम्म राष्ट्रपति पद सम्हाल्ने बीबीसीले जनाएको छ ।
सभामुख अभयवर्द्धनाले राष्ट्रपति गोटाबाया राजापाक्षले १३ जुलाईको दिन राजीनामा दिने बताएको जानकारी दिएका छन् । यसअघि प्रधानमन्त्री रनिल विक्रमसिंघेले पनि राजीनामा दिनका लागि तयार भएको बताएको सभामुखले बताए ।