Ujyaalo Live

सार्वजनिक गाडीको भाडा बढ्याे, सन्धिखर्क देखी काठमांडाै सम्मकाे कति ?

अर्घाखाँची । साेमवारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढेको छ ।

यातायात व्यवस्था विभागले साेमबार एक सूचना निकालेर अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।

भाडा बढेसंगै सन्धिखर्क देखी काठमांडाै सम्मकाे भाडा रू ११ सय ७० पुगेकाे छ । यस अघि सन्धिखर्क देखी काठमांडाै सम्मकाे भाडा ११ सय ४९ ताेकीएकाे थियाे ।

विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्याेभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गएकाे असार १२ मा भाडादर समायोजन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?