
एजेन्सी । श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो ।
नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ ।


यस्तै श्रीलंकाको मुख्य विपक्षी दलका नेता सजिथ प्रेमदासाले भने राष्ट्रपति पदको दाबीबाट आफ्नो नाम फिर्ता लिने बताएका छन् । केही दिन अगाडि भने उनले राष्ट्रपतिमा दाबी गर्ने समाचार सार्वजनिक भएका थिए ।
