अभिनेता प्रदीप खड्काले फिल्म स्क्यान्डलले भन्दा पनि कन्टेन्टले चल्ने बताएका छन् । स्क्यान्डलले फिल्म रिलिजको दिन दर्शक हलमा ल्याउनेबाहेक अन्य केही नगर्ने उनको भनाइ छ ।
‘स्कयान्डल लगायत चर्चाले रिलिजको दिन केही फाइदा गर्ला, तर चल्नलाई फिल्म नै राम्रो हुनुपर्छ’ प्रदीपले भने, ‘स्क्यान्डलले फिल्म चल्छ भन्ने म मान्दिनँ ।’ स्क्यान्डलको नाममा रोएर भन्दा हाँसेर फिल्म चलाउनुपर्ने धारणा प्रदीलेको रहेको छ ।
१० भाद्रमा रिलिज हुने फिल्ममा प्रदीपको अलवा दीया पुन, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ ।
‘प्रकाश’ पछि उनको फिल्म ‘प्रेम गीत ३’ रिलिज हुनेछ ।