Ujyaalo Live

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जमैका तलाबाजबाट ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले लेग स्पिनर सन्दीपलाई टोलीमा समावेश गरेको छ ।

यो प्रतियोगिता ६० बलको हुनेछ । ३० बलको एक इनिङ रहने प्रतियोगिता ६ विकेटको हुनेछ । प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ६ टोलीको सहभागिता रहनेछ । जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० लिगका लागि अनुबन्ध गरेको थियो ।

सीपीएल हुनुअघि ‘द सिक्स्टी’ प्रतियोगिता हुनेछ । सीपीएल क्रिकेट अगस्ट ३० देखि सुरु हुनेछ । दशौँ संस्करणको यो प्रतियोगिता आउँदो सेप्टेम्बर ३० सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?