भिम विश्वकर्मा,
अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव टोप बहादुर रायमाझिले एमालेबिनाको वाम एकता सिटको बार्गेनिङ मात्र भएको बताएका छन् ।
रायमाझिले एक टेलिभिजन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । एमाले बिनाको बाम एकता हुनै नसक्ने भन्दै रायमाझिले महागठबन्धन भित्र पावर सेयरीङ्ग नमिलेका कारण उनिहरु बाम एकताको कुरा गरीरहेको बताएका छन् ।
नेकपा एमालेसंग एक्लै चुनाव लड्ने हैसियत कुनै पनि दलहरुसंग नभएको बताउदैे उनले कांग्रेससंग मिलेर अपबित्र गठबन्धन बनाएको आरोप समेत लगाए ।