अर्घाखाँची । पाणिनी गाउँपालिकामा एउटा बेवारिसे शव फेला परेको छ ।
पाणिनी गाउँपालिका २, पोखराथोकमा एक बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डाँडाकटेरी जंगलमा एक पुरुषको शव फेला परेको र शवको सनाखन गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।सोही ठाउँबाट आज भन्दा ३ दिन पहिले दुई जना हराएका थिए ।