spot_img
spot_img
spot_img

पाणिनीमा भेटिएको शव : हत्याको आशंका, अनुसन्धान गर्दै प्रहरी

Workplace

अर्घाखाँची । पाणिनी गाउँपालिकामा एउटा बेवारिसे शव फेला पर्‍यो । शनिवार पाणिनी गाउँपालिका-२, पोखराथोकमा एक बेवारिसे शव फेला परेपछी गाउँमा तरंग फैलियो ।

डाँडाकटेरी जंगलमा भेटिएको शव मालारानी गाउँपालिका वडा नम्बर-२ का ४५ वर्षिय विष्णु पाण्डेको भएको प्रहरीले पुष्टी गरेको छ । शवको सनाखत भएसंगै हत्या आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ४ दिनदेखि बेपत्ता भनिएका कुलचन्द्र गौतम उर्फ (दिपक) प्रहरी नियन्त्रणमा छन् । ४ दिन अँघी हराएका दुई जना मध्ये एक जनाको शव फेला परेको तथा अर्का सुनौली नाका बाट पक्राउ परेका छन् ।

Workplace Workplace

उनीहरु दुई जना बिच आर्थिक लेनदेनले खटपट थियो । केही दिन अँघी उनीहरु बिच झगडा समेत भएको स्थानियले बताएका छन् । हत्याको आशंकामा प्रहरीले सोधपुछ गरिरहेको छ । घटनाको छानबिन सकिएपछी मात्र हत्या हो वा होईन भन्ने पुष्टी गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (65%)
  • अचम्मित (35%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

spot_img

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?