अर्घाखाँची । पत्थरकोटमा कुलोले बगाउँदा एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नम्बर-१, पत्थरकोटमा कुलोले बगाउँदा अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर-११ घर भएकी ३५ वर्षिय जानकी रास्कोटीको ज्यान गएको हो ।
बुधवार दिउँसो पौने चार बजेको समयमा रानिकुवाबाट बग्ने पत्थरकोट सिंचाइ कुला ले बगाउँदा रास्कोटीको ज्यान गएको मृतकका दाजु धनबहादुर कुवँरले जानकारी दिए । मृतकका ३ छोरी र २ छोरा रहेका छन् । कुलोमा रहेको फटके तर्ने क्रममा चिप्लीएर कुलामा बगेको इलाका प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको छ ।