Ujyaalo Live

प्रतिशोधले अमानवीय बनाउदै गएको समाज

प्राण मात्रै भएका जीव त यो पृथ्वीमा असंख्य छन् त्यसमा पनि चेतना भएका उल्लेखनीय मात्रमा छन्।अरुमा प्राण ,चेतना भएपनि विवेक मानिसमा मात्रै भएको हुने हुँदा आज मानिस मुसा जस्तो प्रजातिबाट शुरूवात भएर करिब ८७ लाख प्रजातिलाई नेतृत्व गर्दै पृथ्वी र अन्तरीक्षमा पनि आफ्नो उपस्थिति देखाएको छ ।मानिसले नेतृत्व गर्ने भनेको उसले सबैलाई तहसनहस पार्ने होइन सबै जीवको उपस्थितिलाई सन्तुलन पारेर यो सृष्टिलाई अझै प्रकृति र जीव मैत्री बनाउने जिम्मेवारी र भुमिका हो ।

मानिसका अनेक भुमिका र जिम्मेवारी भएपनि आज मानिसले मानिसलाई गर्ने व्यवहारनै अमानवीय र प्रतिशोधका हुने गरेका छन् ।पछिल्लो समय नेपाली समाजमा प्रतिशोधको भावना तीब्र रूपमा बढदै गएका देखिन्छ ।तपाईंले जानेर वा नजाने कुनै गल्ती गर्दा त्यसलाई छोटो समयमा बदला लिने संस्कार अत्यन्तै वृद्धि भएका छन् ।हरेक कुरा आक्रोश र रिसमा गर्दा घटना परिपक्व नहुने विषयवस्तु बुझ्ने धैर्यता नहुँदा त्यसले झन् ठुलो घटना निम्ताउने हुन्छ ।आजभोलि मानिसहरु अत्यन्तै प्रतिक्रियात्मक छन् तपाईंले जे गर्नुहुन्छ त्यसको तुरुन्तै जबाफ वा बदला लिन्छन् ।तपाईंहरु सबै याद गर्नुभयो होला साथीहरू पहिले जस्तो टिकाउ हुदैनन् तपाईंहरुको केहि व्यवहार मन पर्दा र स्वार्थ हुँदा बित्तिकै अत्यन्तै नजिक हुने र त्यसको बिपरित हुँदा त्यसरीनै टाढा हुने चलन छ ।मलाई राम्रोसँग याद छ पहिले साथीहरू जीवन्त हुने गर्थें आजभोलि यात्राका मात्रै ।शिक्षकले विद्यार्थी र विद्यार्थीले शिक्षक,सन्तानले अभिभावक र सँगै जीवन जिउने बाचा कसम खाएका श्रीमान श्रीमतीले प्रतिशोधको भावना लिदा आज दिनहुुँ हत्या र आत्महत्याका घटनाले समाज आतंकित छ कतिबेला कसको घरमा के हुने हो थाहा छैन समाचारहरुमा दिनहुँ सोच्न नसकिने मुटुनै काप्ने घटना देख्न सुन्न पर्दा मानिस किन यस्तो कूर अमानवीय हुँदैछन् भन्ने चिन्ता र भयले समाजलाई सारै आतंकित पारेको छ ।यसलाई कम र रोक्न हाम्रो समाजलाई निकै चुनौती देखिएको छ ।

यसलाई रोक्ने शिक्षा र अभिभावक भुमिका रहेपनि आज शिक्षा र अभिभावक यसको ठिक बिपरित छन् ।उनीहरू शिक्षालाई संस्कार र सीप सिकाउने गरिखाने नागरिक उत्पादन गर्ने माध्यम शिक्षालय र अभिभावकले कहिल्यै मानेनन् केवल अव्यवहारिक सैद्धान्तिक धोकन्ते विद्यालाई ३घन्टामा मापन गरेर सफल र असफल घोषित गरेर कलिलो बाल मस्तिष्कमा उसलाई जीवनमा असफल भन्ने प्रमाणिात गरेका छन् । एउटा परिक्षा कक्षा असफल हुनु सधैं असफल हुनु होइनरु भन्ने सिकाएन अझ बोर्डिङ स्कुलको अंक आतंकले त विद्यार्थीलाई जीवन अंकले होइन गुणात्मक ज्ञान सीपले जीवन सफल हुन्छ भन्ने सिकाएन ,अझ ६/७ वर्षको बच्चालाई यति अंक ल्याउन नसके मेरो इज्जत जान्छ भन्ने अभिभावकले बच्चालाई जीत मात्रै जीवन हो हार्नु भित्र पनि जीवन छ , असफलता भित्र पनि सफलता लुकेको हुन्छ ।असफल हुनु भनेको खराब हुनु होइन ? सफल हुने नाममा जस्तो जुनसुकै कार्य गर्नुहुन्न भन्ने हाम्रो शिक्षा र अभिभावकले सिकाउन सकेनन्। उनीहरू असफल हुँदा र हार्दा जीवन सकिएको महसुस गर्छन्,अरुले केहि भन्दा त्यसलाई धैर्य गर्दैनन् बदला लिने हत्या र आत्महत्या गर्छन् । जबसम्म हाम्रो शिक्षाले असफलता, पराजय र जीवन संघर्ष हो भन्ने सहजरूपमा स्वीकार गर्ने वातावरण सिर्जना गर्दैन तबसम्म यस्ता घटना वृद्धि हुनेछन् ।

आज त्यहीँ अंकको आतंक मच्चाउने यसमा सचेत छु है सबै होइन केहि अभिभावकले छोराछोरी जापान अस्ट्रेलिया पढ्न पठाएका छन् पुगेको अर्को दिन फोन गर्छन् तँलाई पठाउदा यति ऋण लागेको छ तिर्नुपर्छ अनि भर्खरै पुगेका छोराछोरीले के सोच्छन होला मलाई पढ्न पठाएको होकि कामाउन अनि उनीहरू पैसा कमाउन लाग्ने कि पढ्न त्यस्तो मानसिकतामा पढ्ने शिक्षा कस्तो होला ? त्यसका प्रभावहरु बिस्तारै देखिन्छ जापान अस्ट्रेलिया पुगेका २० प्रतिशतले उच्च शिक्षा हासिल गरेर प्रतिस्पर्धामा उत्रिन गाह्रो छ ।हामीलाई छोराछोरीले इज्जत राख्नु छ फलानो देश छ भनेर आफन्त छिमेकीसँग गफ गर्नुछ उसले के चाहेको छ बुझ्नु छैन ।इज्जत राख्ने भनेको के हो रुईमानदार असल हुनुहोकी ? ठुलो देश जानु भ्रष्टाचार गरे इज्जत बेचेर भएपनि पैसा कमाउनु हो ।कृपया अभिभावक महोदयहरु इज्जत पैसा र ठुलो देशले दिन्न ईमानदार र संस्कारले दिन्छ क्षणभरमै तपाईंको इज्जत खरानी बनाउन्छ ।

अन्त्यमा यस्ता कुराको समाधान गर्ने भनेको शिक्षा र घरपरिवार हो ।बालबालिकालाई हौसला दिऊ अंकको आतंक बन्द गरौं, जीवन संघर्ष हो हार/जीत ,सफलता/असफलता आउन्छन जान्छन् यो नियमित प्रक्रिया हो ।हाम्रो पुरानो कस्ता उत्कृष्ट भनाइहरु छन् कसैले तपाईंलाई खराब गरेर उसलाई भगवानले पाप दिन्छन् तर अहिले तुरुन्तै त्यसलाई बदला लिने चलन छ ।मान्छे भएर जन्मिएका गौतम बुद्ध ध्यान र धैर्यताले मन शान्त बनाएर मनभित्र भगवान प्रवेश गराएर भगवान बुद्ध भए त्यसैले अहिले प्रमुख चुनौती ध्यान गरेर मनलाई कसरी शान्त बनाएर हामी आफू शान्त भएर अरुलाई पनि कसरी शान्ति छर्न सक्छौं भन्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?