Ujyaalo Live

पाणिनी गाँउपालिकाले शुरु गर्यो ग्रामिण अल्ट्रासाउण्ड तथा सुरक्षित गर्भपतन सेवा

माधव बेल्वासे,
अर्घाखाँची । पाणिनी गाँउपालिकामा आजदेखि गर्भवति महिलाहरुका लागि भिडियो एक्सरेसेवा शुरु भएको छ । पालिकाका ८ वटै वडामा घुम्तिसेवाका रुपमा संचालन गर्नेगरि आज अड्गुरी स्वास्थ्यचौकिमा सेवाको शुभारम्भ गरिएको छ ।

तालिम प्राप्त जनशत्ति कम भएका कारण घुम्तिसेवा प्रदान गर्न लागिएको हो । पाणिनी गाँउपालिका स्वास्थ्य शाखाको आयोजना र अड्गुरी स्वास्थ्य चौकिको सह आयोजनामा एक कार्यक्रम गर्दै आजबाट सेवा शुरु गरिएको छ ।

स्वास्थ्य चौकि सि.अ.न.मि.नि. विष्णु घिमिरे(भुषाल)ले आज पहिलो सेवा ग्राहिलाई भिडियो एक्सरे गरेर सेवाको शुरु गरेका हुन् । गाँउपालिकामा यस अघि बाटै २ वटा स्वास्थ्य चौकि बाट सुरक्षित गर्भपतन सम्वन्धि सेवा प्रदान गरिएको भएपनि अल्ट्रासाउण्डको सुविधा भने पहिलो पटक दिन लागिएको पाणिनी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले बताए ।

उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै पाणिनी गाँउपालिका अध्यक्ष टेकराज न्यौपानेले ८ वटै वडामा समानुपातिक सेवा प्रदान गर्न घुम्ति सेवा प्रदान गर्नेगरि योजना बनाईएको बताए । सकेसम्म धेरै नागरिकले सेवा लिने वातावरण बनाउन स्वास्थ्यकर्मि,जनप्रतिनिधि,संचारकर्मि तथा सरोकारवालाहरुलाई अनुरोध समेत गरे ।

गाँउपालिका उपाध्यक्ष नर्मदा पौडेलले स्वास्थ्य भन्दा महत्वको विषय अरु नभएको भन्दै सुरक्षित मातृत्वका लागि गाँउमै निशुल्क अल्ट्रासाउण्ड सुविधा पाउनु खुशिको कुरा भएको भन्दै निम्न स्तरका महिलाहरुले बढि भन्दा बढि सुविधा लिनुपर्ने बताइन् ।

पाणिनी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुषालले गर्भवतिको अवस्था नियमित रुपमा जानाकारि राख्नुपर्ने विषय भएको भन्दै संवेदनसिल विषयमा सहि ब्यावस्थापन गर्दै अधिकतम सेवाका लागि पालिकाले उचित भुमिका निर्वाह गर्ने बताए ।

पाणिनी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले सेवा प्रदान गर्ने क्रममा पालिकाबाट आवस्यक सामग्री तथा अन्य सहयोगका लागि सहजिकरण गर्ने प्रतिवद्धता ब्यात्त गरे ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सदस्य कमल घिमिरेले पालिकामा अल्ट्रासाउण्ड सेवा पाउनु गर्वको विषय भएको भन्दै निरन्तरताका लागि आवस्यक सहयोग भैरहेने विश्वास ब्यत्त गरेका छन् ।

पाणिनी गाँउपालिका वडा न. ७ का अध्यक्ष तथा स्वास्थ्य चौकि ब्यावस्थापन समितिका अध्यक्ष गुनाखर अधिकारिले सेवा होल्ड हुन नदिन र धेरै जनताले सेवा लिने वातावण बनाउन आवस्यक सहयोग गर्न सबैमा अनुरोध गरेका थिए ।


नेपाली कांग्रेस पाणिनी गाँउपालिका सभापति तुल्सि पौडेलले ग्रामिण स्तरमा प्राप्त यो सुविधा सकारात्मक भएको भन्दै प्रभावकारि सेवाका लागि अपेक्षा गरेको बताए ।


कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा सह संयोजक रामप्रसाद घिमिरे, एन.एच.एस.एस.पि.का प्रतिष्ठा ढकाल ,वडा सदस्यहरु, स्वास्थ्य चौकिका सि.अहेव दिपक घिमिरे, अनमि सिता घिमिरे, स्वास्थ्य इकाई प्रमुख लेख बहादुर सोमै ,स्थानिय राजनैतिक दलका प्रतिनिधि, महिला स्वास्थ्य स्वंयमसेविका,संचारकर्मि , स्थानिय सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।

स्वास्थ्य चौकि ईन्चार्ज पुनाराम भुषालको संचालनमा सम्पन् कार्यक्रममा सि.अ.न.मि.नि. विष्णु घिमिरेलेले स्वागत मन्तब्य राखेका थिए ।

प्रदेश सरकारको सहयोग र पाणिनी गाँउपालिको ब्यावस्थापनमा सेवा संचालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (67%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?