spot_img
spot_img

दृष्टिविहीन शिक्षक : जाे अध्याराेबाट शिक्षाकाे ज्योति छर्छन्

जब उनी बुझ्ने  भए आँखा खोल्दा चारैतिर अन्धकार थियो  । सोच्थे  ‘जीवन अँध्यारोमै  बित्ने  भयो  ।’

Workplace Workplace
Workplace

तर होइन रहेछ, अँध्यारोभित्र पनि त उज्यालो  हुँदोरहेछ । आँखाको  ज्योति गुमाएर संसारको  झिलिमिली देख्न नपाए पनि आफ्नो  जीवनलाई प्रकाशवान तुल्याउन सकिन्छ र अँध्यारोबाट उज्यालोको ज्योति छर्न सकिन्छ भन्ने एक सजीव उदाहरण हुन्– अर्घाखाँचीका तारापति क्षेत्री ।

Workplace

उनि बिं.स २०३९ साल बैशाख २२ गते भारतमा जन्मीए, डेढ बर्षको उमेरमा बुबा आमाको साथमा आफ्नो नेपाल घर शितगंगा नगरपालिका २ सितापुर झिर्रामा फर्किए । उनि जन्मजात दृष्टिबिहिन हुन् ।

‘७/८ वर्षका छँदा आँखाको ज्योति गुमेको थाहा पाए । हुर्किंदै जाँदा साथीसंगी र आफूबीच भएको फरकबारे मेसो पाए । बाल्यावस्थामा आफू दृष्टिविहीन भएको कुराले खासै फरक परेन । तर जब हुर्किंदै गए अन्धकार झन्–झन् बढ्दै गयो । जिवन कसरी अगाडी बढाउने भन्ने चिन्ताले सताउन थाल्यो ।

सुरुसुरुमा घामकोे किरण परेको स्थानमा अलिअलि देख्ने उनले अध्यारो तथा छायाँ परेको स्थानमा केही देख्दैनथे । अहिले उनि पुर्ण रुपमा देख्दैनन् । ७ बर्षको उमेर देखि उनका बुबाले उपचारको लागि सन्धिखर्क, बुटवल, काठमांडौ हुदै भारत सम्म पुराए तर आँखाको दृष्टि भने फर्किएन ।

उनले सरस्वति माबि शितगंगाबाट कक्ष १० पास गरे । कक्षा १२ ज्योति माबि शितगंगाबाट गरे । सबलांग छात्रछात्राबीच पढ्न उनलाई उति सहज थिएन । गाह्रो  पनि भयो  । तर हिम्मत हारेनन् बिं.सं २०६३ सालमा माथिल्लो शिक्षाको लागि उनि बुटबल झरे र बुटबल बहुमुखि क्याम्पसमा अध्यायन सुरु गरे ।

सबलांग छात्रछात्राबीच पढ्न उनलाई उति सहज थिएन । गाह्रो  पनि भयो  । तर मनमा एककिसिमको अठोट थियो । जसरी हुन्छ, शिक्षा आर्जन गर्ने । उनी सोच्थे, ‘बाहिरको  उज्यालो  देख्न नपाए पनि शिक्षाको  उज्यालो  पाउने  भएँ ।’ पढाइको खुड्किलो चढ्दै जाँदा उनको  अँध्यारो जीवनमा उज्यालाका किरणहरू क्रमशः देखा पर्न थाले  । शिक्षाको ज्योतिले ज्ञानको भण्डार फैलँदै गयो ।

बुटवलमा अध्यायन गर्दै गर्दा उनी बुटवलका आपांङ्ग संग सरोकार राख्ने बिभिन्न संघसंस्थामा आबद्ध भए । बिं.सं २०६५ सालमा अर्घाखाँचीेमा दृष्टिबिहिन शिक्षक दरबन्दि पठाइयो । उक्त दरबन्दि भुमिकास्थानको प्रभाकर माबिमा पुग्यो । उनि भुमिकास्थान पुगे र प्रतिस्पर्धामा होमिए । भनिन्छ नि, ‘जीवनमा आत्तिनु हुन्न । अँध्यारो  रातपछि उज्यालो  आउँछ ।’ उनको जीवनमा पनि यस्तै भयो । उनी ४ जनामध्ये एक नम्बरमा नाम निकाल्न सफल भए र बिं.सं २०६५ भदौ २५ गते शिक्षण पेशामा आबद्ध भए ।

बिं.सं. २०६९ साल फागुनमा शिक्षक दरबन्दि मिलान गर्दा उनको सरुवा भयो । हाल उनि आफैले एसएलसी उत्तीर्ण गरेको सरस्वति माबि शितगंगामा अध्यापन गराउछन् । शिक्षण उनको कर्म बनेको छ र यसैमा रमाएका छन् । उनी शिक्षाको ज्योति बाँड्दैछन् । सत्मार्गको निर्देशन गर्दैछन् । भलै उनले बाहिरी संसारको ज्योति देख्न पाएनन् ।

उनि सामाजिक क्षेत्रमा पनि उत्तीकै सकृय छन् । अपांगताका क्षेत्रमा काम गर्ने बिभिन्न संस्थाको नेतृत्व समेत गरीरहेका छन् । उनि अहिले नेपाल दृष्टिबिहिन उत्थान संघका कार्यवाहक अध्यक्ष, देउराली आपांग उत्थान समाजका अध्यक्ष, शितगंगा नगरपालिकाको अपांगता समन्वय समितिका सदस्यको रुपमा अपांगहरुको सेवामा लागि रहेका छन् ।

उनको बुझाइमा कोही दृष्टिविहीन हुँदैमा जीवनको बाटो रुमल्लिंदैन । बरु दृढसंकल्प र इच्छाशक्ति भए गन्तव्यमा पुगिन्छ । उनी आज तिनै  दृष्टिविहीनहरूका लागि मार्गदर्शक बनेका छन् । आँखाको  ज्योति गुमाएका थुप्रै  निराश मनहरूका लागि आशा बनिदिएका छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (83%)
  • दुःखी (8%)
  • अचम्मित (8%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?