spot_img
spot_img

नवलपुरमा आगलागी, ३ लाख बढीको क्षति

पूर्वी नवलपरासीको गैडाकोटमा आगलागी हुँदा तीन लाख बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका ५ निवासी शालिकराम घिमिरेको ३ तले पक्की घरमा विद्युत सर्ट भई अचानक आगलागी भएको हो ।

आगलागीबाट ३ लाख बढीको क्षति भएको अनुमान गरिएको छ । बिहीबार साँझ आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएको र आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?