सिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेस पान्डेले शुसाशन पार्दर्सिता आफ्नो पहिलो प्राथमिकता रहेको ले सोही उदेश्य अनुसार मुस्कान सहितको सेवा सेवाग्राहीलाई दिन कर्मचारीलाई निर्देशन दिएका छन ।
यस अघि मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत पान्डे नेपाल सरकारका उप–सचिव हुन् । उनिसंग यस अघि विभिन्न जिल्लामा कुशलता पुर्वक कार्यकारीको रुपमा काम गरेको अनुभव छ भने संघीय सरकारका विभिन्न मन्त्रालयमा पनि कार्य गरेको अनुभव रहेको छ । सिवराज नगरपालिका मा कर्मचारी वार्डका सचिब बिषयगत शाखाका प्रमुख तथा कर्मचारी लाई निर्देशन दिदै प्रमुख प्रशासकीय अधिकृत पान्डेले ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधि सहित सरोकारवाला सबैसंग सहकार्य गर्दै सिबराजलाई सुशासन, पारदर्शिता र जवाफदेहीतामैत्री नगरपालिकाको रुपमा पहिचान दिलाउने गरि काम गर्न आफू लागि परेकाले सोही अनुसार काम गर्न आग्रह गरेका हुन् ।



पान्डेले सेवाग्राहीमैत्री नगरको विकासका लागि आफ्नो सदैव पहल रहने बताउदै यसका लागि नगरवासी सबैले साथ दिनेमा विश्वस्त रहेको बताए । जुनसुकै कार्य गर्दा पनि परिणाममुखी हुनुपर्नेमा जोड दिंदै नगरको विकास र नगरवासीको काम सहज रुपमा हुनुनै आफ्नो मुख्य लक्ष्य रहेको बताए । मुस्कान सहितको सेवा दिएर सेवाग्राहीलाई छिटोछरितो काम दिनका लागि सबै कर्मचारी लाई निर्देसन दिएका हुन ।
सिबराज नगरपालिकामा बसेको कर्मचारी हरुको बैठकमा नगरपालिका बाट आर्थिक बर्ष सम्म नगरपालिका बाट भएका कामहरु त्यसको उपलब्धि नगरपालिका को कार्ययोजना का बारेमा शाखा प्रमुखहरुले कार्यलय प्रमुख पान्डेलाई रिपोर्टिङ गरेका थिए । बैठकले २ दिन भित्र शाखाहरुमा चाहिने सामानका लागि खरिद योजना तयार पार्ने नगरपालिका बाट करार कर्मचारी को बिज्ञापन भएको तर पदपूर्ति नभएको लाई तत्काल पदपूर्ति गर्ने प्राबिधिक कर्मचारी हरु रिक्त भएको ठाउमा तत्काल बिज्ञापन गरि कर्मचारी राख्ने जस्ता महत्त्वपूर्ण निर्णय गरिएको छ । नगरपालिका भित्रका सबै शाखा प्रमुखहरुले प्रमुख प्रशासकीय अधिकृत समक्ष अर्धवार्षिक रुपमा प्रगति प्रतिबेदन र त्यसभित्र का चुनौति का बारेमा पेस गर्ने निणर्य गरिएको छ ।
नगरपालिका भित्र प्रत्येक हप्ता आइतबार बिहान १० बजे शाखा प्रमुखहरुको बैठक अनिवार्य बस्ने नगरपालिका कर्मचारीहरुको निर्यण छ ।
