back to top
१३ बैशाख २०८१, बिहिबार
IPL 2024
IPL 2024
spot_img
१३ बैशाख २०८१, बिहिबार
IPL 2024
spot_img

स्वादिष्ट मःम खान मन छ ? : पाणिनीका यी २ ठाउँमा आउनुस्

Workplace

पाणिनीका अनेक ठाउँमा अनेकथरी मःम बन्छ । मःमको आकारप्रकारमा मात्र होइन, स्वादमा पनि विविधता छ । यही विविधताको कारण पनि मःम सर्वप्रिय खाजा बनेको छ । मःम त धेरै होटलहरुमा बन्छ तर यहाँ केही यस्ता मःम पसल छन्, जहाँको मःम खान पारखीहरु टाढाटाढाबाट समेत धाउँछन् ।

Workplace

इतिहास भन्छ, तिब्बतको मौलिक खान्की हो मःम । व्यापारको सिलसिलामा तिब्बत जाने काठमांडौका नेवारी व्यापारीले मःमलाई काठमाडौं भित्र्याएका थिए । खासमा यसको नाम ‘मोहमो’ हो । तर तिब्बतबाट नेपाल आइपुग्दा यसको नाम ‘मोमोचा’ भयो । कालान्तरमा त्यही मोमोचा सर्वप्रिय खाजा मःममा बदलियो । अक्सफोर्ड डिक्सनरीमा मःम अर्थात् मोमोजको अर्थ बाफमा पकाएको तिब्बती परिकार भन्ने उल्लेख छ । यसमा मासु र सब्जी मिलाएर पकाइन्छ । यो अहिले विश्वको फुड मेनुमा लोकप्रिय परीकारको रुपमा फैलिएको हो ।

अर्घाखाँचीमा पनि मःमको लोकप्रियता अन्त जत्तीकै छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका मःमको लागि जिल्ला मै प्रख्यात छ । खास गरी पाणिनीमा २ वटा मःम पसल मःम पारखीहरूको लागि एउटा राम्रो गन्तव्य बनेका छन् ।

राजु दाईको हट एण्ड स्पाइसी मःम हाउस

मःम पारखीहरूको रोजाइमा पर्ने राजु दाईको हट एण्ड स्पाइसी मःम हाउस पाणिनी गाउँपालिका वडा नं ५,६,७ र ८ को संगमस्थल चिबेकमा छ । यो पाणिनी बहुप्राबिधिक शिक्षालयको नजिकै छ । सानो बजार क्षेत्र भएको चिबेकमा राजु दाईको हट एण्ड स्पाइसी मःम हाउस भेटाउन कुनै समस्या हुदैन ।

बिगत ३ वर्षअघि स्थापना भएको यो मःम हाउस लगातार ग्राहकहरूको मन जित्न सफल छ । यहाँको मःमको आकार र स्वादले धेरैलाई लोभ्याउँछ । मःममा प्रयोग गरिने किमा र अचार पनि अन्य स्थानको मःमको तुलनामा अलि फरक छ । यहाँको मःम र मीठो अचारको स्वाद जिब्रो मै झुण्डिन्छ । यहाँ मःम खानको लागि छिमेकी वडाबाट मात्र नभएर छत्रदेव, सन्धिखर्क र टाढा–टाढाबाट पनि मान्छेहरू आउने गर्छन् ।

मःम भन्दा पहिला स्वादिलो सुप दिइन्छ त्यस पछि स्पाइसी मःम । यो मःम हाउसमा चिकेन, भेज २ प्रकारका मःमको स्टिम मःम, सी (चिल्ली) मःम गरी २ थरी भेराइटिमा पाइन्छ । चिकेन स्टिम मःमको १२० र सी मःमको १५० पर्छ भने भेज स्टिम मःमको १०० र सी मःमको १२० पर्छ ।

अड्गुरी मःम सेण्टर

मःम पारखीहरूको लागि एउटा राम्रो गन्तव्य हो अड्गुरी मःम सेण्टर । यो पाणिनी गाउँपालिका ७ अड्गुरी पिपलारुखमा छ । बिगत ६ महिना अघि संचालनमा आएको मःम सेण्टर छोटो समयमा नै लोकप्रिय बनेको छ । छोटो समय मै मःम सेण्टरले आफ्नो शाखा कृष्णनगरमा समेत सुरु गरेको छ ।

यहाँ मःम उत्पादन मेसीनबाट हुन्छ । यहाँ उत्पादित मःम सेण्टर मै बसेर मात्र होइन घर मै लागेर स्टिम वा फ्राई गरेर समेत खान सकिन्छ । यहाँको मःम र अचार दुवैले ग्राहकको मन जितेको छ । सञ्चालनमा आएको बर्ष नपुगेको भए पनि यहाँ मानिसहरूको भीड लाग्ने गर्छ ।

 

यहाँ चिकेन र भेज मस्मका ५ भेराइटी पाइन्छन् । चिल्ली मस्म, फ्राइ मस्म, झोल मस्म, स्टिम मस्म र क्रीस्टि मस्म यहाँका बिशेषता हुन् ।

चिल्ली मस्म १५०, फ्राइ मस्म १३०, झोल मस्म १३०, स्टिम मस्म१०० र क्रीस्टि मस्म १५० मूल्य पर्छ ।

साच्चिकै तपाईं पाणिनी मै हुनुहुन्छ वा पाणिनीमा आउनु भएको छ र यी २ स्थानको मस्म खानु भएको छैन भने तपाइँलाई पछुतो हुनेवाला छ । त्यसैले जिब्रोले फरक स्वादको मस्मको स्वाद लिन चाहानुहुन्छ भने यी २ ठाउँ अवस्य पाल्नुहोला ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (75%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?