अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ३ ले यहि असोज ५ गते देखि असोज १२ गते सम्म जग्गाधनी कर तिर्नेहरुलाई कर निशुल्क गर्ने भएको छ ।
३ नं. वडा कार्यालयले एक सूचना जारी गर्दै यश बारे जानकारी गराएको हो । सूचना अनुसार पाणिनी गाउँपालिकाको वडा नं.३ मा जग्गा भइ सोही वडा तथा गाउपालिकामा कर तिर्ने जग्गाधनीहरुले असोज ५ देखी १२ गते सम्म कर तिरेमा पुर्ण छुट पाउने छन् ।

यसरी छुट हरिएको कर बापतको रकम ३ नं. वडाबाट निर्वाचित जनप्रतिनिधिहरुको सेवाबाट पालिकालाइ भुक्तानी हुने वडा अध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । उनले भने “निर्वाचनको समयमा कर छुट गरिने कुरा हाम्रो घोषणापत्र मै थियो, सोही बमिजिम कर छुट गर्दैछौँ ।”
