रेडक्रस मायादेवीमा मिश्र

बुटवल । नेपाल रेडक्रस सोसाइटी मायादेवी उपशाखको प्रथम अधिवेशन बाट सभापतीमा बिपिन कुमार मिश्र निर्बिरोध भएका छन् ।

उप सभापती, सचिव,कोषाध्यक्ष, सह–सचिव,सह–कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः माया केवट, बैजनाथ गुप्ता, सम्भु तिवारी, विजय पाण्डे, शिव शक्ति बनिया, इमिर्ती केवट, अब्दुल कयुम मुसलमान, शिशिर पौडेल, देवराज लोहार र खेम बहादुर चौधरी चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत दल बहादुर थापाले नयाँ निर्वाचित पदाधिकारीलाई पद तथा गोपिनियताको सपथ गराएका थिए । मायादेवी गा.पा. गाउँपालिकाको अध्यक्ष धुब्रनारायण चौधरी, उपाध्यक्ष नर्मदा देवी उपाध्याय , गाउँपालिकाको कार्यालयको वडा नं ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता सैलेन्द्र पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?