सागर महत,
अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा ३ हजार ४ सय ९० नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानबाट ती मतदाता थपिएका हुन् । यस्तै साउन यता बसाइसराई, दोहोरो नामवली भएका र मृत्यु भएका मतदाता संख्या २५ सय ७८ घटाएर जिल्लामा कुल १लाख ६४ हजार ७ सय ६८ मतदाता पुगेका छन् ।

मतदाता मध्ये पुरुषको संख्या ८२ हजार ५सय ९३ र महिलाको संख्या ८२ हजार २ सय ७५ पुगेको कार्यालयका कम्युप्टर अपरेटर जगदिश पाण्डेले जानकारी दिए ।
