रबिन्द्र यादव,
नवलपरासी पश्चिम । बेचबिखनको लागि भारततर्फ लैजादै गरेको आशंकामा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमले चार युवती र चार पुरुषलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल (बि.ओ.पी) भुजहवा र भारतीय सुरक्षा सिमा बल (एसएसबि) को समन्वय र सहयोगमा चारै जना महिलाहरुसंग आवश्यक सोधपुछ गर्दा बेचबिखनको लागि लगिदै गरीएको आशंकामा उक्त नेपाली युवतीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।

उनिहरुको साथमा रहेका चार नेपाली पुरुषहरुलाई पनि नियन्त्रणमा लिई थप अनुसंधानका लागि माइती नेपाल र ईलाका प्रहरी कार्यालय महेशपुर टोलीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका सूचना अधिकारी केशवराज थापाले बताए । उद्धार गरिएकी युवतीलाई सशस्त्र प्रहरीले माइती नेपालको संरक्षणमा राखेको छ ।
चारै जना नेपाली युवतीलाई दिल्ली हुँदै कुवेत पठाउने गरि लैजान लागिएको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।
