spot_img
spot_img

ऐतिहासिक खाँचीकोट दरबारदलाई पर्यटकीय रुपमा विकास गर्नुपर्छ : उपसभाभुख भुसाल

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ७ मा रहेको ऐतिहासिक खाँचीकोट दरबारमा निर्माणिन खाँचीकोट कालिका मन्दिरको एक कार्यक्रमका बीचमा प्रतिनिधिसभा उपसभामुख पुष्षा भुसालले उद्घाटन गरेकी छन् ।

बाइसे चौबिसे राज्य हुँदा अर्घाखाँचीमा अर्घा र खाँची दुई वटा राज्य थिए । खाँचीका तेह्रौ पुस्ताका राजा दल शाहकी छोरी चन्द्रप्रभाको विवाह गोरखाका नरभुपाल शाहसँग भएको थियो । उनी पृथ्वीनारायण शाहकी सौतेनी आमा हुन् । आफ्नो सन्तान नभएपनि चन्द्रप्रभाले पृथ्वीनारायणको लालनपालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । शक्तिशाली गोर्खा राज्यसंग सम्बन्ध रहेको खाँचीको ऐतिहासिक महत्तब रहेको छ । खाँची दरबार रहेको स्थानबाट सन्धिखर्क बजार सहित अर्घाखाँची, गुल्मी , पाल्पा जिल्लाका विभिन्न ठाउँ र सुन्दर हिमश्रृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

Workplace

सुपा देउराली– नरपानीमा आउने पर्यटकलाई खाँचीकोट दरबारमा आकर्षित गर्न सकिने कार्यक्रममा बोल्ले बक्ताले जोड दिएका छन् । सुपा देउराली नरपानीमा आउदा नजिकै रहेको ऐतिहासिक महत्त्वको खाँचीकोट दरबारसम्म पुगी उक्त स्थान नयाँ पुस्तालाई इतिहास बुझ्न, प्राकृतिक वातावरणमा रमाउन, फोटो खिच्न र टिकटक बनाउन उपयुक्त रहेको छ ।यस मन्दिरमा बिशेष गरि दशैंको नवदुर्गाको पुजाआराधाना गरि दशैंको तेस्रो दिन अर्थात त्रियादशीको दिन पौराणिक सराय मेला नाँच हुँदै आइरहेको छ । यहाँको महिमा र शक्ति पीठबारे जानकारी नभएका कारण भक्तजन आउन नसकेको बताइएको छ ।

यस्तै कार्यक्रममा मन्तब्य राख्दै उपसभामुख भुसालले अर्घा र खाँचीको सम्वन्ध जोडिएको महत्वपूर्ण ऐतिहासिक खाँचीकोट दरबारको इतिहासलाई ऐतिहासिक रुपमा विकास गर्नु अहिलेको आबश्यकता रहेको बताउदै खाँचीकोट दरबार पर्यटकीय साँस्कृतिक दृष्टिले महत्वपुर्ण स्थान भएकोले यसको प्रचार प्रचारको राष्ट्रिय स्तरमा समेत आबाज बुलन्द गर्नुपर्ने बताउदै मन्दिरको सरचनालाई व्यबस्थित रुपमा विकास गनुपर्ने बताउदै अर्घाखाँचीमा पर्यटकीय र साँस्कृतिक सम्पदा धेरै रहेकोले यी सम्पदाको विकासमा सबै लाग्नु पर्ने बताउदै अर्घाखाँचीका रहेका पर्यटकीय स्थल पाणिनी तपोभुमि, सिदेश्वर गुफा, बल्कोट पौवाको विकासमा पर्यटकीय पर्याबरणीय हिसाबले महत्वपुर्ण रहेकोले यसको विकासमा सबै लाग्नु पर्ने बताइन् ।

कार्यक्रममा लुुम्विनी प्रदेशका पुर्ब आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले ऐतिहासिक खाँचीकोट दरबारको विकासको लागि सबै लाग्नु पर्ने बताउदै कला सँस्कृति सरक्षण र प्रर्बद्धनको लागि सबै लाग्नु पर्ने बताउदै जिल्लालाई ७७ जिल्ला मध्ये हरेक हिसाबमा उत्कृष्ट जिल्ला बनाउनु पर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्विनी प्रदेश सचेतक निर्मला क्षेत्रीले ऐतिहासिक खाँचीकोट दरकारको विकासको लागि आफुले हरेक क्षेत्रबाट पहल गर्ने बताइन् । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका सस्थापक नगर प्रमुख कमल प्रसाद भुसालले खाँचीकोट दरबारको विकासको लागि नगरपालिकबाट भरपुर रुपमा विकास प्रर्बद्धनको लागि हरेक क्षेत्रबाट बजेट विनियोजगन गरेको बताए । कार्यक्रममा मन्दिर व्यवस्थापन, पुरातात्विक ढङ्गले निर्माण भएको मन्दिरलाई थप व्यवस्थित गराउन आवश्यक रहेको सन्धिखर्क नगरपालिका वडा न ७ का पुर्ब अध्यक्ष प्रितम थाथाले बताए ।

परापुर्बक कालदेखि रहेका ईनार पौबा ब्राहमण बस्ने भबन ट्रस्ट लाई डिपिआर अनुसार सम्पन्न गरेर नयाँ ढाचा अनुसार आधुनिक इट्टा प्रयोग गरेर मन्दिर बनेको र मन्दिर ढुलालको प्रयोग गरेर प्रविधि मैत्री बनाइएको छ । मन्दिर स्थानीय श्रमदार विभिन्न क्षेत्रको सहयोग विभिन्न व्यक्ति सरोकारवाला निकाय र प्रदेश सरकार र स्गथानीय सरकार केन्द्र सरकार लगायतका सरोकारवाला निकायबाट १ करोड ३० लाखमा नयाँ मन्दिर निर्माण भएको छ ।

मन्दिर आधुनिक प्रविधिअनुसार काठमाण्डौको इट्टा प्रयोग गरेर निर्माण गरिएको छ कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे नेकपा एमालेका जिल्ला सचिब तोज बहादुर रायमाझी नेपाली काग्रेका जिल्ला सचिब कृष्ण प्रसाद खनाल , राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष गोपाल पौडेल पत्रकार महासघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै ऐतिहासिक खाँचीकोट दरबार इतिहास सग जोडिएकोले यसको विकास र प्रर्बद्धनमा सबै लाग्नुपर्ने बताउदै आन्तरिक र बाह्य पर्यटक समेत भित्राउनको लागि सबैले जोड दिनुपर्ने बताए ।

कार्यक्रम मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज केसीको अध्यक्षता आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाको सञ्चालन र वडा अध्यक्ष चुरा ब केसीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा स्थानीय बृद्धिजिवी समाजसेबी सरोकारवाला निकाय , राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?