back to top
६ बैशाख २०८१, बिहिबार
IPL 2024
IPL 2024
spot_img
६ बैशाख २०८१, बिहिबार
IPL 2024
spot_img

युक्रेनका चार वटा भू–भागमा गरेको जनमत सङ्ग्रह गाभिने पक्षमा आएको रुसको दाबी

Workplace

युक्रेनका चार वटा क्षेत्रमा गरिएको जनमत सङ्ग्रह गाभिने पक्षमा मत आएको रुसले दाबी गरेको छ ।

Workplace

गाभिने वा युक्रेनमै रहने भनेर रुसले ५ दिन लगाएर चार वटा भू–भाग दक्षिण पूर्वी लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेअर्सनमा जनमत सङ्ग्रह गरेको थियो । ती चार वटा क्षेत्र युक्रेनबाट अलग हुने हो भने युक्रेनले कुल क्षेत्रफलको १५ प्रतिशत भू–भाग गुमाउनेछ ।

जापोरिजिया र लुहान्स्कमा ९३ प्रतिशत मत गाभिने पक्षमा खसेको रुसको दाबी छ । त्यस्तै खेअर्सनमा ८७ प्रतिशत र डोनेट्स्कमा ९२ प्रतिशत युक्रेनबाट अलग्गिने पक्षमा आएको रुसी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

युक्रेनले यो जनमत सङ्ग्रहलाई अवैध भन्दै कुनै अर्थ नभएको टिप्पणी गरेको छ । गएको शुक्रवारदेखि सुरु भएको मतदान हिजो सकिएको हो । युक्रेनसहित अमेरिका, युरोपेली युनियनलगायतले यो जनमत सङ्ग्रहलाई अवैधानिक भन्दै आएका छन् । तर, रुसले प्राप्त मतदानका आधारमा अगाडि बढ्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि सन् २०१४ मार्चमा पनि रुसले युक्रेनी क्षेत्र क्रिमियालाई यही प्रक्रियाबाट आफ्नो पक्षमा पारेको थियो । गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

 

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?