चट्याङ लागेर २ जनाकाे मृत्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज बुधवार चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा देवानगञ्ज वडा नम्बर १ की ४५ वर्षीया रीतादेवी यादव र वडा नम्बर २ का उदितचन्द्र यादव रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिए ।

भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चट्याङ लागेर रीतादेवीको ज्यान गएकाे हाे भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको ज्यान गएकाे डीएसपी राईले जानकारी दिए ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?