back to top
६ बैशाख २०८१, बिहिबार
IPL 2024
IPL 2024
spot_img
६ बैशाख २०८१, बिहिबार
IPL 2024
spot_img

पाणिनी : नयाँ भाडादर सहित एम्बुलेन्स संचालनमा

Workplace

अर्घाखाँची । लामो समयदेखि बन्द रहेका पाणिनी गाउपालिकाका एम्बुलेन्स संचालनमा आएका छन् ।

Workplace

विभिन्न कारण संचान बिहिन अवस्थाका एम्बुलेन्स नयाँ भाडादरका साथ संचालनमा आएको पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए । भुसालका अनुसार गाउँपालिकाको असोज १२ गतेको निर्णय अनुसार नयाँ भडादर सहित संचालनमा ल्याइएको हो ।

यस्तो छ भाडादर

गाउँपालिकाले स्थानीय भाडा स्थान अनुसार रु ५०० देखि १५०० सम्म भाडा निर्धारण गरेको छ ।

यस्तै पाणिनी गाउँपालिका वडा नं. ५,६,७ र ८ देखि संन्धिखर्क सम्म २ हजार रुपैयाँ, पाणिनी गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ को भर्तीपुर देखी संन्धिखर्क सम्म तीन हजार, पाणिनी गाउँपालिका देखि पाल्पा सम्म ४ हजार ५ सय, पाणिनी गाउँपालिका देखि पाल्पा हुदै बुटवलसम्म ६ हजार ५ सय र पाणिनी गाउँपालिका देखि बुटवल सम्म ५ हजार ५ सय तोकिएको छ ।

साथै अन्य स्थानहरुको हकमा कच्ची बाटो प्रति किलोमिटर ८० र पक्कि बाटो प्रति किलोमिटर ४० रुपैया तोकिएको पालिकाले जनाएको छ ।

गाउँपालिका भित्रका सुत्केरी हुन जाने र फर्कने महिलाहरुको लागि भने भाडा नलाग्ने प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाइ छ ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?