अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. २ पोखराथोकमा ९ कन्या र १ कुमारलाई पुजिएको छ ।
बिजया दशामीको अबसरमा मंगलबार नवमीकाे दिन पोखराथोक स्थित दशै घर दुर्गामन्दिरमा ९ कन्या र १ कुमारको पुजा तथा भोजन गराईएको हो ।

बिगतमा जस्तै यस बर्ष पनि १ बर्ष देखि ९ बर्ष सम्मका कन्या र १ जना कुमारको जलखाने, दक्षिणा दिने तथा भोजन गराउने परम्परा अनुसार यस बर्ष पनि देबिदेवताको रुप कन्या तथा कुमारमा होस भन्ने बिश्वासका साथ भोजन गराईएको पाणिनी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।
बिं सं. १६६५ देखि यो परम्परा चलिआएको बिश्वास छ । साथै दशै घर दुर्गा मन्दिरमा घटस्थापना देखी पुर्णिमा सम्म दुर्गा देबिको बिशेष पूजाआरधना हुने गर्छ ।
वडा अध्यक्ष पौडेलका अनुसार नवदुर्गाको पहिलो दिन देविको प्रतिस्थापन हुने गर्छ, फुलपातिको दिन फुलपाती भित्राउने, अष्टमिको दिन मध्यरातमा होम गर्ने, भजनकृतन गर्ने नवमिको दिन मौलो पुज्ने, कन्या पुज्ने, भोजन गराउने कार्यक्रम हुन्छ भने दसमिको दिन शुभसाइतमा देविको प्रसाद घरघरमा लगेर अक्षेतामा मिसाएर टीका लगाउने चलन छ ।
दशै घर दुर्गा मदिरमा दशैको दिन करिब ४ बजे देखि २ घन्टा टीका लगाइ सके पश्चात् सराय हुने गर्छ । देविको फुलपाती बिसर्जन हुने गर्छ ।
फुलपाती बिसर्जन पश्चात् पनि नियमित पुजा भने भैरहन्छ ।
