नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेलको सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ तालमेल गर्ने सहमति गरेका हुन्।
१४ जिल्लामा तालमेलको सहमति भएकाे छ। जसमध्ये प्रतिनिधिसभातर्फ एमालेले ३५ सिट र जसपाले १७ सिट तथा प्रदेश सभातर्फ एमालेले ७० र जसपाले ४२ सिट पाउनेछन्।

