अर्घाखाँची । नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
पुर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझीले आइतबार सन्धिखर्कस्थित निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् ।

२०६४ सालदेखि निरन्तर तीन पटक रायमाझी निर्वाचित हुँदै आएका छन् । पहिलो र दोस्रो संविधानसभामा माओवादीकै बलमा चुनाव जिते । २०७४ को वाम–गठबन्धनमा एमाले र राष्ट्रिय जनमोर्चाको सहयोगमा चुनाव जिते । पटक पटक मन्त्रीसहित उपप्रधानमन्त्रीसम्म भएका रायमाझी नेकपा विभाजनपछि पुष्पकमल दाहाललाई छाडेर केपीशर्मा ओलीतिर लागेका थिए ।
यस्तै एमालेले प्रदेशसभा (क) मा चेतनारायण आचार्य र प्रदेशसभा (ख) मा रामजीप्रसाद घिमिरेकाे उम्मेदवारी दर्ता गरेकाे छ । आचार्य लुम्बिनी प्रदेशका पुर्वमन्त्री र घिमिरे पुर्व प्रदेशसभा सदस्य हुन ।
