काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दा भएको खर्च नेपाली कांग्रेसले ब्यहोर्ने भएको छ ।
सरकारी निवासमा बैठक बस्दा राज्यको ढुकुटी प्रयोग भएको भन्दै आलोचना हुँदै आएको थियो ।

पछिल्लो समय तालमेलका लागि निरन्तर बैठक बालुवाटारमा बस्दै आएको थियो । कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले कांग्रेसले खर्च बेहोर्नुपर्ने प्रस्ताव राखेका थिए ।
‘सरकारी निवासमा गठबन्धनको बैठक बस्दा राज्यको खर्च भएको । बाहिर आलोचना भएको छ’, थापाले राखेको प्रस्ताव बारे सहभागी एक नेताले भने, ‘उहाँले प्रस्ताव राखेपछि प्रधानमन्त्रीले सहमति जनाउनुभएको छ ।’
कांग्रेस केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादनको बैठकले घोषणापत्रलाई अनुमोदन गरेको छ ।
