काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन ।

‘भर्खरै मैले सम्माननीय प्रधानमन्त्रीज्यूसँग समन्वय गरें । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रस्ताव बनिसकेको छ’ उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको निधनमा सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय बिदा दिने निर्णय भएको छ, यसको आधिकारिक सूचना सरकारी माध्यमबाट आउनेछ ।’
