spot_img
spot_img

देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

काठमाडौं । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

‘अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको छ,’ अनलाइनखबरसँग उनले भने, ‘अब हामी उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गर्दैछौं ।’
Workplace

आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएको छ । सो क्रममा एक जना खेलाडीको मृत्यु भएको छ । यससँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो ।

निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्याराग्लाइडिङ विकास र विस्तार हुँदै जाँदा त्यसको सुरक्षा सम्बन्धी सवाल पनि पेचिलो बनेको छ । प्याराग्लाइडिङ उडानमा चालक र यात्रुको सुरक्षाबारे पर्याप्त व्यवस्था नहुँदा भएको समस्यालाई ध्यानमा राखेर प्राधिकरणले त्यस्ता व्यवस्था नभइन्जेललाई उडान रोकेको हो ।

यसले देशभर प्याराग्लाइडिङ उडान बन्द हुनेछ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?