अर्घाखाँची । प्रजनन स्वास्थ अधिकार र शुरक्षित गर्भपतन सेवाको पैरवीका लागी अर्घाखाँचीका क्रीयाशिल संचारकर्मीहरुसगको अन्तरक्रीया तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार सन्धिखर्कमा सम्पन्न कार्यक्रममा शुरक्षित गर्भ पतन र प्रजनन स्वास्थ अधिकार सम्बन्धि बिषयमा चारवटा समूह बनाइ अन्तरक्रीया तथा छलफलमा शुरक्षित गर्भपतन गराउन पाउने अवस्था, शुरक्षित गर्भपतन गर्न नपाउने अबस्थाहरु, लिङ्ग पहिचान गरि गर्भपतन गर्न नहुने, मन्जुरीनामा सम्बन्धि ब्यबस्था तथा कानुनी ब्याबस्थाको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा समाजसेवा तथा बाताबरण संस्कृति संरक्षण समूह अर्घाखाँचीको आयोजना आइपास नेपालको आर्थिक सहयोग र स्वास्थ कार्यालय अर्घाखाँचीको मन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ कार्यालय अर्घाखाँचीका प्रमुख पुस्पा थापा , स्वास्थ निरीक्षक गणेशराज पौडेल ,समुहका प्रमुख निर्देशक लक्ष्मी अधिकारी पौडेल , समुहका पुर्ब अध्यक्ष बाबुराम पौडेल, सल्लाहकार राजेश पन्थी, कार्यक्रम अधिकृत आदर्श अधिकारी, पत्रकार महासंघका केन्द्रिय सदस्य राधा नेपाली, जिल्ला अध्यक्ष अशोक खनाल, प्रदेश सदस्य प्रेम नारायण आचार्य, समुहका लेखा प्रमुख मन्जु भट्टराई तथा जिल्लामा क्रीयाशिल संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम समुहका कार्यकारी निर्देशक लक्ष्मी अधिकारी पौडेलको अध्यक्षता तथा कार्यक्रम अधिकृत आदर्श अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
