वृद्धभत्तामा अनियमितता भएको छैन : वडा अध्यक्ष पाण्डे

राजेश पौडेल,
अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकाले टोलटोलमा सामाजिक सुरक्षा भत्ता बितरण गराएको छ । पाणिनि गाउँपालिका वडा न.८ अन्डाडा(बरारुख) मा हिजो बृद्धभत्ता बितरण गरिएको हो ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै दोस्रो कार्यकालका लागि निर्वाचित वडा अध्यक्ष रोम बाहादुर पाण्डेले हिजो बैंकसँगको सहकार्यमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेका हुन ।

हिजो बितरण गरिएको सामाजिक सुरक्षा भत्तामा धेरै जसो बृद्धहरुको भत्ताबाट ५०० कटौती गरेर भत्ता बितरण गरेको भन्दै बृद्धहरुले गुनासो गरेपछि पाणिनि गाउँपालिका वडा न. ८ को वडा अध्यक्ष रोम बाहादुर पाण्डेले यसबारे प्रस्ट पार्दै ” SMS सिस्टम प्रयोग अर्थात मोबाइल बैंकिङ् गरेको कारण बर्षको ३०० (तीन सय) काटिएको र २०० (दुई सय) बृद्धहरुकै खातामा रहेको हुदा नडराउन र भत्ता तलमाथि नहुने बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?