अर्घाखाँची । अर्घाखाँची जिल्ला प्रदेश ‘ख’ प्रदेश सभा सदस्य पदका उम्मेद्वार कमल भुसालले अर्घाखाँचीमा भएकाे मोटरसाइकल दुर्घटना प्रति शाेक ब्यक्त गरेका छन् ।
भुसालले एक बक्तब्य जारी गर्दै मृतक प्रति श्रद्दान्जली तथा समवेदना प्रकट गरेका हुन् । उनले साेेहि दुर्घटना घाइते भएकालाइ सिघ्र स्वास्थ्य लाभकाे कामना समेत गरेका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन अर्घा भगवति बिमानस्थमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको थियाे भने २ जना घाइते भएका थिए । दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको थियाे भने सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका थिए ।
