अर्घाखाँची । अर्घाखाँचीमा जबरजस्ती करणी मुद्धामा फरार अभियुक्त १० बर्ष पछि पक्राउ परेका छन् ।
शितगंगा नगरपालिका वडा नं. ६ का शालिकराम थापालाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो । थापालाई जिल्लाको शितगंगा नगरपालिकाको वडा नं. ४ चाक्लामा लुकी छिपी बेसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी निरीक्षक होमनाथ रेग्मी सहितका टोलीले शुक्रबार बेलुका ५ बजे पक्राउ गरेको थियो ।

थापालाई २०६९ कात्र्तिक २६ गते हाडनातामा जवरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ बर्ष कैद सजाय सुनाएको थियो । तर उनी फरार थिए ।
