अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका पूर्व पत्रकार हरिप्रसाद भुसालले चुनावी बाचापत्र सार्वजनिक गरेका छन् । यसाे त जिल्लामा भुसालले मात्र अाफ्ना एजेण्डा सार्वजनिक गरेका छन् भने अन्य उम्मेद्वारहरूले स्पष्ट एजेण्डा सार्वजनिक गरेका छैनन् ।
बाचापत्रको शिक्षा शिर्षकको बुधा नं. ६ मा भुसालले एक स्थानीय तह एक प्राबिधिक बिद्यालय स्थापनाको बिषयलाई जोड दिएका छन् । यस्तै उनले कक्षा ११ र १२ मा नियमित मोटीभेसनल तथा जिवनोपयोगि कक्षा संचालन गर्ने समेत बाचा गरेका छन् ।

यस्तै उनले आपतकालिन समस्या समाधान तथा सुझाव संकलनको लागि सदरमुकाम सन्धिखर्कमा कल सेण्टरको स्थापना गर्ने अबधारण ल्याएका छन् ।
लामो समयदेखि अर्घाखाँची जिल्लामा पत्रकारिताका साथै सामाजिक काममा क्रियाशील रहेका भुसालले समृद्ध अर्घाखाँची निर्माणका लागि आफूले अगाडि सारेका एजेन्डा केवल चुनावी नारा मात्र नभएर पाँच वर्षभित्र साँच्चै गर्ने कामको दस्तावेज रहेको उल्लेख गरेका छन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् ।
