अर्घाखाँची । गुल्मी यातायातको जिप अर्घाखाँचीमा दुर्घटना भएको छ ।
सोमबार बिहान गुल्मीको नयाँ गाउँबाट सन्धिखर्कको लागी छुटेको लु १ ज २६२० नम्बरको जिप अर्घाखाँचीको सन्धिखर्क १० माटेमा दुर्घटना भएको हो । जिपको अचानक ब्रेक फेल भई सडकको कुनापट्टी नालीमा परी सडक मै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची विष्णु केसिले जानकारी दिए ।

केसीका अनुसार दुर्घटनामा परी ४ जना सामान्य घाईते भएका छन् । जिपमा चालक सहित १३ जना यात्रु थिए । घाइतेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको छ ।
