काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई भारतको महाराष्ट्र सरकारले वाई प्लस श्रेणीको सुरक्षा प्रदान गर्ने निर्णय गरेको छ । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको लरेन्स बिस्नोइ ग्याङले सलमानलाई ज्यान मार्ने धम्की दिएको दिएको विवरण सार्वजनिक भएका थिए ।
सुरक्षा चुनौतीलाई ख्यालमा राख्दै महाराष्ट्र सरकारले सलमानको सुरक्षामा वृद्धि गर्ने निर्णय गरेको हो । बलिउड अभिनेताद्वय अक्षयकुमार र अनुपम खेरलाई पनि सुरक्षा दिने निर्णय भएको छ ।



अक्षयकुमारलाई एक्स श्रेणीको सुरक्षा प्रदान गरिने भएको छ । अनुपम खेरलाई पनि यही श्रेणीको सुरक्षा दिइने भएको छ । तर सुरक्षाकर्मी राख्दाको खर्च भने कलाकार आफैंले व्यहोर्ने भएका छन् ।
