अर्घाखाँची । राष्ट्रिय युवा संघ पालिका कमिटी पााणिनीको आयोजनामा दुर्गाफाँटमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
कात्तीक १९ गते बरकारुख खेलमैदान दुर्गाफाँटमा हुने सांस्कृतिक कार्यक्रममा वरिष्ठ लोक तथा दोहरी गायक बद्री पंगेनी, पूर्णकला वि.सी., चर्चित हास्य कलाकार पुर्खे बा लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् । कार्यक्रमलाई सफल बनाउन विभिन्न समिती र उपसमितीको निर्माण गरी तीव्र गतिमा तयारी भईरहेका छ ।
